AarthikBikash
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

  • आइतवार, चैत्र १८, २०८०
कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी गराएका हुन्।

केन्द्रमा बदलिएको राजनीतिक समीकरणपछि कर्णालीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन् ।

केन्द्रमा भएको सहमति अनुसार कर्णालीमा एमालेको भागबण्डा लाग्ने सहमतिनजिक भएको खबर सार्वजनिक भएको थियो ।

तर कर्णालीमा माओवादीले पनि सरकारको दाबी गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार