AarthikBikash
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • राजनीति
  • वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, बैशाख २६, २०८१
वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारलाई पूरै अवधि चल्ने बताएका छन्।सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको उनको भनाई छ।

प्रधानमन्त्री प्रचण्डले भने,‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस् । विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’उनले नीति कार्यक्रम र बजेटमा नयाँ भरोसा स्थापित गर्ने प्रयास गरिरहेको र बजेटमार्फत् राहत र विकासको काममा नयाँ सम्बोधन हुने बताए।उनले माओवादी धाराका दलहरुको एकता संयोजन समिति बन्न लागेको जानकारी पनि कार्यकर्ता भेलामा गराएका छन्।

Facebook Comments

सम्बन्धित समाचार