AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • हसिना खानले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

हसिना खानले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

  • शुक्रबार, बैशाख ७, २०८१
हसिना खानले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारमा सभामुख देवराज घिमिरेले खानलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका हुन्।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।

शर्माको चैत ४ गते निधन भएको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार