AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खेलकुद
  • आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

  • शनिबार, चैत्र १७, २०८०
आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं-नेपाल ‘ए’ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् ।

स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्। नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।

अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार