AarthikBikash
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्छ : गृहमन्त्री लामिछाने

संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्छ : गृहमन्त्री लामिछाने

  • बुधबार, बैशाख २६, २०८१
संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं–  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णय सर्वसम्मतिले गर्नुपर्ने बताएका छन्।बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।संवैधानिक परिषद्का सबै सदस्यलाई बाध्यकारीरूपमा बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।

गृहमन्त्री लामिछानेले भने,‘म परिषद्मा बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने कुरामा म पनि तपाई जत्तिकै अडिग छु । सर्वसम्मत नहुँदा के गर्ने भन्ने कुरा त विधेयकले बोल्नुपर्ला । टप ६ लाई बैठकमा आउन बाध्यकारी बनाउने भनेका छौँ । आइदिएनन् भने के गर्ने ? सर्वसम्म्त भइदिएनन् भने के गर्ने ? भन्नेकुरा विधेयकमा कहीँ बोल्नैपर्छ होला ।’

सदस्यहरू बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने गृहमन्त्री लामिछानेले बताए ।गृहमन्त्री लामिछानेले समितिको आगामी बैठकमा विधेयकलाई टुंग्याउने निर्णय समितिले गरेमा त्यसका लागि आवश्यक पहल गर्ने जिम्मेवारी आफूले लिने पनि बताए ।

Facebook Comments

सम्बन्धित समाचार