AarthikBikash
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनी प्रदेशका सात विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका सात विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

  • बुधबार, बैशाख १२, २०८१
लुम्बिनी प्रदेशका सात विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

बुटवल-लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्रीलाई दिएका हुन् ।

ढकाल, पन्थी केसी र खत्री एमालेबाट मन्त्री बनेका हुन् । यसैगरी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीले पाएकी छन् ।

चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् । एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाएका थिए ।

लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार