AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

  • आइतवार, बैशाख २, २०८१
संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

काठमाडौं-संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका छन् ।

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको बताए ।

यो हिउदे अधिवेसन गत माघ २२ गते देखि शुरु भएको थियो । ७० दिन चालु रहेको यो अधिवेसन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको थियो । यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार