AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

  • मङ्लबार, बैशाख २५, २०८१
आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं- आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक आज बस्ने भएको हो ।

तीनवटै समितिको बैठक बिहान ११ बजे बस्नेछ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि बफादार छलफल हुनेछ ।शिक्षा समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।त्यस्तै सरोकार समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका विषयमा छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार