AarthikBikash
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

  • शुक्रबार, फाल्गुन ४, २०८०
एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

काठमाडौं- एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो।नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।

नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्।डोली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्। मलेसियाले अब उपाधिका लागि आइतबार युएईसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डमाथि ४ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार