AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खेलकुद
  • अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

  • शुक्रबार, माघ १२, २०८०
अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

काठमाडौं-आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले ।

अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments

सम्बन्धित समाचार