AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

  • शुक्रबार, माघ १२, २०८०
प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको हित गर्नुमात्रै कांग्रेसको धर्म भएको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने,‘हामी २०८४ को निर्वाचनको बारेमा कुरा गर्छौं । चुनाव लड्नु, जित्नु र हार्नु कांग्रेसको लागि सामान्य कुरा हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुईंमा बसेका मान्छेलाई माथि उठाउनु हो । यो धर्म निर्वाह गर्दा सरकारमा बसौंला, चकटीमा बसौंला, जहाँ बसौंला ।’

महामन्त्री थापाले पार्टीका लागि आगामी निर्वाचन र सरकार ठूलो नभएको बताए।

महामन्त्री थापाले भोलिदेखि पार्टीको अभियान सुरु हुने भएकाले पार्टी सभापतिदेखि सबै नेता कार्यकर्ता आआफ्नो वडामा पुग्नुपर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार