AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल टि-२० लिगको उपाधि लुम्बिनीलाई

नेपाल टि-२० लिगको उपाधि लुम्बिनीलाई

  • बुधबार, पुस २७, २०७९
नेपाल टि-२० लिगको उपाधि लुम्बिनीलाई

काठमाडौं-लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।

विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

लुम्बिनीका विपुल शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । हरमीत सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।

नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिए । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार