AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

  • बुधबार, पुस २७, २०७९
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

सुर्खेत-कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्र, एमाले, राप्रपा,  र नेकपा एस गरी २५ सांसदको समर्थन छ । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् ।

माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार