AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

  • शुक्रबार, बैशाख ७, २०८१
गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

पोखरा-नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ ।

संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको हो।

बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार