AarthikBikash
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • सात संसदीय समितिको बैठक आज बस्ने

सात संसदीय समितिको बैठक आज बस्ने

  • बिहिबार, चैत्र २२, २०८०
सात संसदीय समितिको बैठक आज बस्ने

काठमाडौं-संघीय संसद् अन्तर्गतका सात संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा छलफल हुने कार्यसूची छ।

बैठक बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।

बैठक बिहान साढे ११ बजे बस्दैछ। महिला तथा सामाजिक मामिला समितिमा भने मानव बेचबिखन र लैंगिक हिंसा सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको छ।

सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको हो । बैठक दिउँसो ३ बजे बस्नेछ।

Facebook Comments

सम्बन्धित समाचार