AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • आयरल्याण्डविरुद्ध नेपालको जित

आयरल्याण्डविरुद्ध नेपालको जित

  • मङ्लबार, चैत्र १३, २०८०
आयरल्याण्डविरुद्ध नेपालको जित

काठमाडौं-दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेको छ ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।

यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

Facebook Comments

सम्बन्धित समाचार