AarthikBikash
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • काठमाडौं महानगरको निर्देशन : अबदेखि विद्यालयमा डीआई नराख्नू

काठमाडौं महानगरको निर्देशन : अबदेखि विद्यालयमा डीआई नराख्नू

  • शुक्रबार, पुस ६, २०८०
काठमाडौं महानगरको निर्देशन : अबदेखि विद्यालयमा डीआई नराख्नू

काठमाडौं-काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।

आज एक पत्रमार्फत महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।

‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ, पत्रमा भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार