AarthikBikash
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • बाल यौन दुर्व्यवहार मुद्दाका थुनुवा प्रहरी नियन्त्रणबाटै फरार

बाल यौन दुर्व्यवहार मुद्दाका थुनुवा प्रहरी नियन्त्रणबाटै फरार

  • शुक्रबार, पुस ६, २०८०
बाल यौन दुर्व्यवहार मुद्दाका थुनुवा प्रहरी नियन्त्रणबाटै फरार

सिराहा-सिराहा प्रहरीको नियन्त्रणबाट शुक्रबार एक थुनुवा फरार भएका छन् ।

बाल यौन दुर्व्यवहारको मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका लहान-२१ का छोटु सदाय भागेका हुन् ।

म्याद थप्नका लागि शुक्रबार सिराहास्थित सरकारी वकिल कार्यालय लगिएको समयमा सरकारी वकिल कार्यालय अगाडिबाट सदाय भागेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

फरार भएका सदाय बिहीबारदेखि प्रहरी नियन्त्रणमा थिए । उनको खोजी भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार