AarthikBikash
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सन्दीपको मुद्दाको आज पेसी, सुनुवाइ भए आजै फैसलाको सम्भावना

सन्दीपको मुद्दाको आज पेसी, सुनुवाइ भए आजै फैसलाको सम्भावना

  • आइतवार, बैशाख २३, २०८१
सन्दीपको मुद्दाको आज पेसी, सुनुवाइ भए आजै फैसलाको सम्भावना

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।

त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ ।उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् । यस्तै सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ ।

Facebook Comments

सम्बन्धित समाचार