AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गृह मन्त्रालयले भन्यो : धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी राख्नू

गृह मन्त्रालयले भन्यो : धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी राख्नू

  • शुक्रबार, चैत्र ३०, २०८०
गृह मन्त्रालयले भन्यो : धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी राख्नू

काठमाडौं-गृह मन्त्रालयले विना अनुमति हिँड्डुल गर्ने विदेशी नागरिकको सुक्ष्म निगरानी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको हो

। चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विभिन्न व्यक्ति र संस्थाहरूले गर्ने सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिक सहभागी हुने गरेको र उनीहरूले गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष छ ।

त्यस्ता कार्यक्रममा विना प्रवेशाज्ञा समेत हिँडडुल गर्ने गरेको भन्दै उनीहरूमाथि सूक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार