AarthikBikash
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

  • बिहिबार, चैत्र २९, २०८०
दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडौं-ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ला रहने भएको छ ।

स्थानीय व्यवसायी, गृह प्रशासन र सरोकारवालाहरूको सक्रियतामा ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुल्ला गर्न लागिएको हो ।

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला गरिने घोषणा गरेका हुन् ।

आर्थिक मन्दीको चपेटामा परेको उद्योग व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई चलायमान बनाउनका लागि पनि व्यावसायिक क्षेत्र सधैँ खुल्ला राख्नुपर्ने बताउँदै सबैको साथ र सहयोगमा खुल्ला गरिएको व्यवसायीहरूले बताएका छन् ।

आर्थिक क्रान्ति र ठुला सपनाले भरिएको सहर सुत्नु हुँदैन भन्ने सर्वमान्य कुरालाई आत्मसात् गर्दै सबै व्यापार व्यवसायीहरूलाई ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय सञ्चालन गरेर सहयोग गर्न समेत सङ्घले आग्रह गरेको छ ।

यस्तो सेवा ठमेल र दरबारमार्ग हुँदै क्रमशः अन्य क्षेत्रमा समेत खुल्ला गरिने व्यवसायीहरूले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार