AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार

मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार

  • शनिबार, चैत्र १०, २०८०
मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार

जनकपुरधाम-मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्।

शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्।

शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

नेपाली कांग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार