AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बलम्बु प्रहरी प्रभागभित्र इन्स्पेक्टरको पेस्तोलबाट गोली चल्यो, ‘बडीगार्ड’ घाइते

बलम्बु प्रहरी प्रभागभित्र इन्स्पेक्टरको पेस्तोलबाट गोली चल्यो, ‘बडीगार्ड’ घाइते

  • आइतवार, फाल्गुन ६, २०८०
बलम्बु प्रहरी प्रभागभित्र इन्स्पेक्टरको पेस्तोलबाट गोली चल्यो, ‘बडीगार्ड’ घाइते

काठमाडौं-प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ इन्स्पेक्टर आफैँले बोकेको पेस्तोलबाट गोली चलेको छ ।

प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चल्दा उनकै ‘बडीगार्ड’ घाइते भएका हुन् ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको र उनी खतरामुक्त रहेको बताइएको छ । डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी स्रोतले बतायो ।

Facebook Comments

सम्बन्धित समाचार