AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

  • आइतवार, फाल्गुन ६, २०८०
टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकलाई पुनः सञ्चालनमा ल्याउन सकिने जवाफ दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका हुन् ।

उनले भने–‘टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन ।’उनले संसदमा भने–‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्ययम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो।यस बीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालिमा आवद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ। र पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन्। टिकटकले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने होइन।’

उनले सरकारले मात्रै निर्णय गरेर टिकटक बन्द नगरिएको पनि सदनलाई जानकारी गराए । उनले भने–‘टिकटक बारे सरकारले अचानक र एकाएक निर्णय गरेको होइन । सरकारमा भएका गठबन्धन दलसँग पटक–पटक गरिएका छलफल, प्रमुख प्रतिपक्ष र गबठकन्धका दलकोबीचमा गरिएको छलफल समेतको आधारमा एउटा समझदारी बनाएर गरिएको हो भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

Facebook Comments

सम्बन्धित समाचार