AarthikBikash
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

  • बिहिबार, कार्तिक ३०, २०८०
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

काठमाडौं – चीन र अमेरिकाका राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच भेटवार्ता भएको छ ।

दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको बताएका छन्।

‘हामीले हाम्रा देशहरू बीचको कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल गर्यौं र महत्त्वपूर्ण प्रगति गर्यौं’ उनले भनेका छन्। भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताए ।

चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् । ​

सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन भएको बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार