AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनको पक्षमा मतदान गर्न देउवाको आह्वान

सत्ता गठबन्धनको पक्षमा मतदान गर्न देउवाको आह्वान

  • आइतवार, कार्तिक ६, २०७९
सत्ता गठबन्धनको पक्षमा मतदान गर्न देउवाको आह्वान

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका छन्। आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमबाट गठबन्धन दलका सबै उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन्। यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए। देश चुनावपछि कता जाने हो भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनको दाबी छ।

देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरे। उनले भने, ‘सुदूरपश्चिमबाट एक क्षेत्रमात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु। भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ। गठबन्धनलाई जिताउन अनुरोध गर्दैछु। देश महत्त्वपूर्ण मोडमा छ।’ सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गरे।

Facebook Comments

सम्बन्धित समाचार