AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चको अन्तरिम आदेश : भूमि आयोग गठन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : भूमि आयोग गठन नगर्नू

  • शुक्रबार, चैत्र ३०, २०८०
सर्वोच्चको अन्तरिम आदेश : भूमि आयोग गठन नगर्नू

काठमाडौं-भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो ।

सर्वोच्चले यसअघि एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको भन्दै उक्त विवादमा मुद्दाको फैसला नभएसम्म अन्तरिम आदेश जारी हुने भनेको छ ।

यसअघि भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन) अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार