AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन

गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन

  • बुधबार, चैत्र ७, २०८०
गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।  गृहमन्त्री लामिछानेले बुधबार सरुवा भएका सरकारी अधिकारीलाई उक्त निर्देशन दिएका हुन् ।

उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिए।

गृहमन्त्री लामिछानेले भने, ‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन।’

उनले सेवा प्रवाहमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न समेत निर्देशन दिए। गृहमन्त्री लामिछानेले कर्मचारीहरू राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा पर्न नहुने समेत बताए ।

उनले अध्यागमनका समस्या समाधानका योजना ल्याउन समेत निर्देशन दिए । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिए ।

उनले स्थानीय सरकारसँग समन्वय गरी समयमै निर्णय र रिपोर्टिङ गर्न समेत कर्मचारीहरूलाई आग्रह गरे ।

गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार