AarthikBikash
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

  • आइतवार, फाल्गुन ६, २०८०
आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।

जनमतले साथ छोडे पनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् ।

प्रदेशसभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार