AarthikBikash
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने

आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने

  • बुधबार, भदौ २०, २०८०
आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडौं-सेयर बजार आज बुधबार बन्द हुने भएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् । आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।

अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार