AarthikBikash
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • कोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी

कोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी

  • मङ्लबार, साउन १६, २०८०
कोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी

काठमाडौं-कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनले दाबी गर्ने तयारी गरेको छ। प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको हो।

नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि सभामुखलाई राजीनामा दिन लगाउन लागिएको हो।

प्रदेश प्रमुखले दिएको समयको अन्तिम सत्ता गठबन्धनले सरकारमा दाबी गर्ने तयारी गरेको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलकी ५ बजे सकिंदैछ। गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेस गर्ने तयारी भइरहेको छ।

गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन। तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापालाई नै अघि बढाउने सहमति भएको बताइएको छ।

यसअघि असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार