AarthikBikash
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • आजबाट काठमाडौंमा प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

आजबाट काठमाडौंमा प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

  • आइतवार, साउन १४, २०८०
आजबाट काठमाडौंमा प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

काठमाडौं – काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।

त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाउन लागेको हो ।

महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।

यसअभि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार