AarthikBikash
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • आइतवार, जेष्ठ २८, २०८०
गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं-गरिमा विकास बैंकले ३ लाख ८२ लाख ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार