AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • ‘शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्छौ’

‘शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्छौ’

  • बिहिबार, माघ १२, २०७९
‘शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्छौ’

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्। बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका– ११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

मन्त्री खनालले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रूपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरूसँग छलफल र समन्वय गर्ने बताए। ‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु।’

कार्यक्रममा बोल्दै उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४/५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार