AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेपालको समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छः महत

नेपालको समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छः महत

  • आइतवार, कार्तिक २०, २०७९
नेपालको समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छः महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालको समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक भएको महतको भनाई छ।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले आगामी मंसिरमा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताए। संविधानको मूल मर्ममाथि प्रहार हुन थालेको भन्दै उनले भने, ‘विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो। प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्। अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो।’

महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताए। उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए। उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार