AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दार्चुला घटनाः परराष्ट्र मन्त्रालयले भारतलाई पठायो ‘कूटनीतिक नोट’

दार्चुला घटनाः परराष्ट्र मन्त्रालयले भारतलाई पठायो ‘कूटनीतिक नोट’

  • आइतवार, कार्तिक १३, २०७९
दार्चुला घटनाः परराष्ट्र मन्त्रालयले भारतलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं – सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई परराष्ट्रले ‘कूटनीतिक नोट’ पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

पत्रमा भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनका लागि ध्यानाकर्षण गराइएको छ ।

घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ। भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार