AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ३६९ सहित ५५० जनाको नाम

आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ३६९ सहित ५५० जनाको नाम

  • मङ्लबार, कार्तिक ८, २०७९
आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ३६९ सहित ५५० जनाको नाम

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार