AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निगमको निर्देशन

पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निगमको निर्देशन

  • बुधबार, भदौ २९, २०७९
पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निगमको निर्देशन

काठमाडौं – नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ ।

निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो । तर लामो समयदेखि हवाई इन्धन ढुवानी व्यवसायीले बन्द गरेको कारण विमानले काठमाडौंभन्दा बाहिरहेको विमानस्थानमा इन्धन भर्न पाएका छैनन् ।

नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघ भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा नलाने तथा असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने भनेर विज्ञप्ति निकालेको केही बेरमा नै निगमले कारबाही गर्ने चेतावनी दिएको हो ।

ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्ने पर्ने इन्धन ढुवानी बन्द गरेका हन् । निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्णरुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार