AarthikBikash
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • २४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

  • शनिबार, भदौ २५, २०७९
२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो ।

पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा २४ सय २० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार