AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नयाँ बसपार्क क्षेत्रका अवैध संरचनामा चल्याे महानगरकाे डाेजर

नयाँ बसपार्क क्षेत्रका अवैध संरचनामा चल्याे महानगरकाे डाेजर

  • सोमवार, भदौ २०, २०७९
नयाँ बसपार्क क्षेत्रका अवैध संरचनामा चल्याे महानगरकाे डाेजर

काठमाडौं – काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।

आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका– २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो ।

वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।

महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ ।

मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताइन् ।

‘मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ’, उनले भनिन् । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार