AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

  • मङ्लबार, साउन २४, २०७९
संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

साउन २४,काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ ।

र दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरूको टोली आयोगमा जाने कार्यक्रम छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यहि साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार