AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • काठमाडौंमा हैजाले भयावह रूप लिनसक्ने त्रास:यी हुन् लक्षण र जाेगिने उपाय

काठमाडौंमा हैजाले भयावह रूप लिनसक्ने त्रास:यी हुन् लक्षण र जाेगिने उपाय

  • बिहिबार, असार १६, २०७९
काठमाडौंमा हैजाले भयावह रूप लिनसक्ने त्रास:यी हुन् लक्षण र जाेगिने उपाय

काठमाडौं – हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष राजधानी काठमाडाैँमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा १४ जनामा हैजाको संक्रमण देखिएको छ। डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् ।

हैजा के हो, कसरी लाग्छ ?

यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।

लक्षणहरू

संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातालो दिसा लाग्नु

– पटकपटक वान्ता आउनु

– पेट वा खुट्टाको मासपेशी बाउडिनु

– आँखा गढ्नु, छाला चाउरी पर्नु

– धेरै तिर्खा र थाकान लाग्नु

– धेरै कमजोरीका कारण वेहोस हुनु

रोकथामका उपाय

– सरसफाइमा ध्यान दिने

– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने

– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने

– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने

– सकेसम्म उमालेको पानी पिउने

– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने

– पानीको मुहान सफा राख्ने

– शौचालयमा मात्र दिसापिसाब गर्ने

उपचार

– पुनर्जलीय झोलको सेवन गर्ने

– चिकित्सकको परामर्श लिने

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । अहिलेको हैजा महामारीबाट विश्वका १२० मुलुक प्रभावित भइसकेका छन्। विशेषगरी यो महामारी कम आय भएका र कम विकसित मुलुकमा फैलिने गरेको छ। हैजाका कारण विश्वभर वार्षिक रुपमा २१ हजारदेखि १ लाख ४३ हजारसम्म मानिसको मृत्यु हुने गरेको डब्ल्यूएचओको आँकडा छ।

Facebook Comments

सम्बन्धित समाचार