AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अल्पमतमा परेपछि जसपाबाट अलग हुने तयारीमा बाबुराम भट्टराई

अल्पमतमा परेपछि जसपाबाट अलग हुने तयारीमा बाबुराम भट्टराई

  • बिहिबार, असार १६, २०७९
अल्पमतमा परेपछि जसपाबाट अलग हुने तयारीमा बाबुराम भट्टराई

काठमाडौं – आन्तरिक विवादमा फसेको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अल्पमतमा परेका छन् ।

प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसद रुही नाज, प्रज्ञा ढकाललगायत नेताहरु कार्यकारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेपछि डा. भट्टराई अल्पमतमा परेका हुन् ।

योसँगै सत्तारूढ जसपा फुटको संघारमा पुगेको छ। बुधबार राति भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा लामो छलफल भएको थियो । छलफलमा अलग–अलग भएर अघि बढ्नेसमेत सहमति भएको विषय बाहिरिएको छ । अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । जहाँ भट्टराईको पक्षमा बहुमत पुग्ने सम्भावना छैन।

Facebook Comments

सम्बन्धित समाचार