AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?

  • बुधबार, चैत्र १५, २०७९
सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?

काठमाडौं – १० दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।

आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा लगभग सहमति भएकाे जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्रोतका अनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन।

दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ।

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने पनि नेता श्रेष्ठले बताए ।

Facebook Comments

सम्बन्धित समाचार