AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग

उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग

  • सोमवार, माघ ९, २०७९
उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग

काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन् ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी थिइन् । उनले आजै उपसभामुख पदको सपथ लिदै छिन् ।

Facebook Comments

सम्बन्धित समाचार