AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, तर अहिलेसम्म कोही जीवित भेटिएनन्

दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, तर अहिलेसम्म कोही जीवित भेटिएनन्

  • आइतवार, माघ १, २०७९
दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, तर अहिलेसम्म कोही जीवित भेटिएनन्

काठमाडौं-पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ।

आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो ।

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ । ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ।  तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।

जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।

Facebook Comments

सम्बन्धित समाचार