AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

  • शुक्रबार, पुस २९, २०७९
घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं-नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

तत्कालीन नेकपा र पछि एमालेमा माधव नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला केपी ओलीसँगै बसेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए ।

एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।

Facebook Comments

सम्बन्धित समाचार