AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

  • बिहिबार, पुस २८, २०७९
सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं-सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार