AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

  • सोमवार, पुस २५, २०७९
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन छ । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार