AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो

सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो

  • शुक्रबार, पुस १५, २०७९
सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं-नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नाै सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख नाै सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।

Facebook Comments

सम्बन्धित समाचार